धनगढीः बझाङ दरबन्दी भएका एक प्रहरी सम्पर्कविहिन भएका छन् ।
डोटी सायल गाउँपालिका वडा नम्बर ५ घर भएका सुदूरपश्चिम प्रदेश इकाई बझाङमा दरबन्दी भई कार्यरत प्रहरी लक्ष्मणबहादुर थापा दुई महिनादेखि सम्पर्कविहिन भएका हुन्।
उनी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत फेला नपरेको भन्दै सूचना नै जारी गरिएको छ। उनलाई ७ दिनभित्र गैरहाजिरी हुनुको कारणसहित सम्पर्क गर्न भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सूचित समेत गराएको छ।
उनी २०८० कात्तिक ७ गतेदेखि प्रहरीको सम्पर्कमा छैनन्।
Facebook Comments Box