अछाम : अछाममा आगोमा जलेर घाइते भएका पुरुषको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुँवरको आगोमा जलेर मृत्यु भएको हो।
मृगी रोगबाट पीडित कुँवर घरभित्र भान्साकोठाको आगोमा जलेर घाइते भएका थिए। उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box