काठमाडौं : नेपाली सेनाका एक जना सहसेनानी तालिमको क्रममा घाइते भएका छन्।
नुवाकोटमा आयोजित सामूहिक तालिममा सहभागी सहसेनानी प्रदिप थापा घाइते भएको बताइएको छ।
भैरव प्रसाद गणको सामूहिक तालिममा घाइते भएका थापालाई ग्रिनेडको छर्रा लागेको हो।
दायाँ हातमा चोट लागेकाले उनको इमर्जेन्सीमा राखेर उपचार गरिएको हो।
Facebook Comments Box