बाजुरा– नेपाली काँग्रेस बाजुराका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति रामबहादुर बोहरा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसले टिकट वितरणमा एकलौटी गरेको भन्दै बोहराले पार्टीबाट राजीनामा गर्दै एमालेमा प्रवेश गरेका हुन् ।
बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई नगर प्रमुखमा सिफारिस भएको तर अन्तिममा मनोमानी तरिकाले टिकट वितरण गरिएको भन्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हट्दै राजीनामा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छन् ।
पाटी भित्र केही व्यक्तिबादी चरित्र, आफू सर्वेसर्वा भएको, पैसाको भरमा राजनीति गर्ने, पदको दुरुपयोग गरेको र पार्टी संस्थागत मुल्य मान्यता विपरित केही व्यक्तिले पार्टी कव्जा गर्न खोजेकोले पार्टीबाट राजीनामा दिएको उनले बताएका छन् ।
काँग्रेस छाडेर एमाले प्रवेश गरेका बोहरालाई एमाले केन्द्रीय सदस्य सहदेव बोगटी प्रदेश उपसचिव बल्देव रेग्मी, प्रदेश समिति सदस्य पेम्वा गुरुग पार्टीका उपसचिव जनक बोहराले पार्टीमा स्वागत गरे ।