कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ को कांग्रेस वडा समितिले वडाध्यक्षका लागि यसअघि नगर समितिलाई तीन जनाको नाम सिफारिस गर्यो । वडा समितिले दिलु बोहरा, दिपक ऐर र पार्वती मल्लको नाम सिफारिस गरेको थियो ।
सोही तीन जनामध्ये दिपक ऐरको टिकट सुनिश्चित भएका भन्दै क्षेत्री समितिका सचिवले आइतबार राति साढ ७ बजे फोन गरेर जानकारी दियो । सोही जानकारी अनुसार दिपक ऐरले बधाई तथा शुभकामना पाउन थालिसकेका थिए ।
वडाध्यक्षको टिकट पक्का भएको भन्दै त्यसअघि वडाध्यक्षकै लागि सिफारिस भएका बोहराले खादा ओढाएर शुभकामना पनि दिए । बोहरालाई र्यालीसहित जानका लागि साउण्ड सिस्टमलगायतको व्यवस्थापन गर्न भनियो । यति गर्दा गर्दै मुख्य निर्वाचनको कार्यालयबाट थाहा भयो कि वडाध्यक्षको टिकट दिपकलाई नै उनको रा्यालीका लागि व्यवस्थापनको जिम्मा लिएको दिलु बोहराकै नाम भएको थाह भयो ।
नगर समितिले यसरी वडाका नेता कार्यकर्ताको भावनामाथि खेल्दै चलखेल गरेको भन्दै विरोध जनाएका छन् । यो चलखेलले पार्टीलाई असर गर्ने भएको भन्दै यसको जिम्मा जिल्ला सभापति, सभापति एवम प्रधानमन्त्रीलगायतले लिनुपर्ने चेतावनी दिइएको छ ।
1 Comment
प्रतेक गलत प्रवृत्ति को बिरोध हुनु पर्छ ।