धनगढी: नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा स्काउट युथ फोरम तथा शान्ति र सुरक्षा सम्वन्धी अभिमुखीकरण भएको छ।
स्काउटका प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार स्काउट युथ फोरम तीन दिनसम्म सञ्चालन भएको थियो। स्काउट युथ फोरमको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए।
आइतबारदेखि शान्ति र सुरक्षा सम्वन्धी अभिभुखीकरण भइरहेको छ। फिनल्याण्ड स्काउट र नेपाल स्काउटको सहकार्यमा स्काउट शान्ति सुरक्षा कार्यक्रम देशभरी संचालन भइरहेको छ। अभिमुखीकरणमा नौ जिल्लाका ५० जना युवा स्काउटर (रेन्जर, रोभर) स्काउटको सहभागिता रहेको छ।
सहभागीलाई ओजम कल्सल्टेण्ट राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे लगायतले प्रशिक्षण दिएका थिए।
यसैवीच आइतबार प्रदेश युथ फोरम गठन भएको छ। सुदूरपश्चिममा सबै जिल्लाबाट आएका युवा स्काउटरहरुले निर्वाचन मार्फत समीर भण्डारीको अध्यक्षतामा नौ सदस्यीय गठन भएको छ। सो समितिको कार्यकाल तीन वर्षको हुने गरेको छ।
मुलुक सङघीयतामा गइसकेपछि पहिलो पटक स्काउटको प्रदेश स्तरीय युथ फोरम गठन भएको छ। देशका अन्य भुगोलमा युवाका आकर्षणको केन्द्रका रुपमा रहेको स्काउट अभियान सुदूरपश्चिममा पनि पुर्नजागरण भएको देखिन्छ।
लगभग शुन्यबाट सुरु भएको स्काउटींग अभियान अहिले सुदूरपश्चिमका ८८ वटै पालिकामा द्रुत गतिमा विस्तार भइरहेको छ।
नेपाल स्काउटले अध्यावधिकका लागि अभिलम्बन गरेको अनलाईन सिस्टममा सुदुरपश्चिम प्रदेशबाट हाराहारी छ सय युनिटहरु दर्ता भएका छन्।
बालबालिकाको व्यक्तित्व विकासका पाँचवटा क्षेत्र शारीरिक विकास, सामाजिक विकास, बौद्धिक विकास, संवेगात्मक विकास, अध्यात्मिक विकास) विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको छ।