काठमाडौं : गृह मन्त्रालय नयाँ प्रहरी ऐन ल्याउने तयारीमा लागेको छ । प्रदेश सरकारहरूले प्रहरी समायोजनका लागि जोड दिएपछि गृहले छलफललाई तीव्रता दिएको हो ।
तीन साताअघि सातै प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनका लागि एक महिनाको समय दिँदै आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरी समायोजन र नयाँ प्रहरी ऐनबारे बिहीबार गृह तथा शुक्रबार प्रहरी प्रधान कार्यालयमा विस्तृत छलफल भएको छ ।
गृह प्रशासन सुधार समितिका अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, समितिका सदस्य रहेका पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललगायतको उपस्थितिमा छलफल भएको हो ।
नयाँ ऐनमा प्रहरीको उमेरको सेवाहद, भर्नाको उमेर, बढुवाका प्रावधानसम्बन्धी विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै प्रहरीको नयाँ ऐनमा बढुवाका प्रावधान संशोधनबारे पनि छलफल भइरहेको छ ।
Facebook Comments Box