काठमाडौँ : इजरायलले गरेको आक्रमणमा प्यालेस्टाइनी लडाकु समूह हमासका उपनेता सालेह अल–अरौरी मारिएका छन्। समाचार संस्था बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन हमलामा सालेह मारिएका हुन्।
इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये उनी सबैभन्दा ठूला नेता हुन्। इजरायलले सो आक्रमणमा अरौरीसहित अन्य ६ जना समेत मारिएको दाबी गरेको छ।
५७ वर्षीय अरौरी हमासको सैनिक विङ्ग इज एड–डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन् । यसअघि इजरायलले गत अक्टोबरमा अरौरीको निवास ध्वस्त पारेको थियो।
Facebook Comments Box