काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ।
उक्त मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेका थिए।
मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ।
तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए।
शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ।
Facebook Comments Box