कैलाली : कैलालीमा भरुवा बन्दुक फेला परेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वनभित्र एक नाले भरुवा बन्दुक एक थान प्रहरीले फेला पारि बरामद गरेको हो।
शुक्रबार प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box