धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box