सर्लाही : प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको सर्लाहीको बरहथवामा कर्फ्यू हटाए पनि निषेधाज्ञा लागू गरिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शनिबार आदेश जारी गर्दै आइतबार बिहानसम्म निषेधाज्ञा लागू गरिएको जनाएका छन्। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म बरहथवामा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
स्तरोन्नति गरिएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि स्थानीय सरकारले नै सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको थियो।
शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले गोली चलाएपछि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो।
Facebook Comments Box