डडेल्धुरा : डडेल्धुराकी क्यान्सर पीडित महिलालाई नगद सहयोग गरिएको छ। जिल्लाको अमरगढी नगरपालिका- ७ कि क्यान्सर पीडित जानकी कैनीलाई समाजसेवी युवा विनय प्रकाश मल्लबाट ६० हजार र खलंगा समाज तथा अन्य व्यक्तिहरुबाट प्राप्त २१ हजार ४१० गरि ८१ हजार ४१० प्रदान गरिएको हो।
शनिबार वडा सचीव शारदा ओझाको रहोबरमा उक्ति रकम हस्तान्तरण गरिएको मल्लले जानकारी दिए।
डडेल्धुरा घर भई जापानमा रहेका समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिव, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढिको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन्।
युवालाई सीप सिकाएर जापानमा रोजगारीको अवसर समेत दिंदै आएका छन्।
Facebook Comments Box