कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
शनिबार साँझ ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ।
प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।
Facebook Comments Box