काठमाडौं – आजदेखि दोर्दी खोला जलविद्युतको आईपीओ खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको हो ।
१०० रुपैयाँ अंकित १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
निष्कासित शेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका साविकको भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका बासिन्दाले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् ।
आईपीओमा स्थानीयवासीले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे जेठ ११ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । आईपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
Facebook Comments Box