काठमाडौं – नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित पार्टी कार्यालयमा न्यौपानेलाई पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरू दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए ।
निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रही हालै सेवा निवृत्त भएका थिए ।
न्यौपानेले गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।
Facebook Comments Box