धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।
आइतबार धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम खैरो हेरोइनसहित सोहि ठाउँका २२ वर्षीय शंकर रानासहित दुई जना पक्राउ परेका हुन्।
प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box