कैलाली– नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवम् प्रदेश सांसद कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’
पार्टीको जिल्ला अधिवेशनदेखि नै डडेल्धुरा कांग्रेसमा विवाद रहेको छ । स्थानीय चुनावमा मल्ल पक्ष नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेर एमालेसंग तालमेल गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवार अगाडि सारेको छ ।