काठमाडौं : यहि पुस २४ गते गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको थियो । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् ।
जसअन्तर्गत सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । तर, विवादित डीआइजी अर्जुन चन्द ठकुरीले सुदूरपश्चिम आउन इच्छा देखाएका थिए। सरुवा भएर सुदूरपश्चिम आउन उनले धेरै जोडबल लगाएका थिए। तर उनको सरुवा नहुँदा अहिले पनि एयरपोर्टमै थन्किएका छन्।
बैतडी पुर्ख्यौली घर भएका उनी नेपाली काँग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य आरजु राणा निकट मानिन्छ्न्। चन्द उनै डीआइजी हुन्, जो अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख छन्। उनले केही समय अगाडि नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलेको थियो।
Facebook Comments Box