धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन गरिएको छ।
नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटन गरेका हुन्।
भवन २० महिनाका बीचमा दोस्रो पटक उद्घाटन गरिएकोमा चौतर्फी आलोचनासमेत भएको थियो। दोस्रो पटक भवन उद्घाटनको तयारीसँगै एमालेले विरोध गरेको थियो।
एमालेले नगरपालिका कार्यालयसमेत घेराउ गरेर नाराबाजी गरेको छ।
एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले २०७८ चैत १४ गते भवन उद्घाटन गरेका थिए। उनले पनि निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका थिए।
कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले आज भवनको उद्घाटन तयारी गरेपछि तनाव सिर्जना भएको हो। घेराउ र नाराबाजीका बीच नगरप्रमुख भट्टले भवन उद्घाटन गरे।
मेयर भट्टले पुरानो शिलालेख फुटाएर नयाँमा आफ्नो नाम राखेका छन्। एसियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो।