रौतहट– यसअघि काँग्रेसबाट रौतहटको गुजरा नगरपालिकाको मेयरका दाबेदार रहेका सेख एकरामुल हक अहिले एमालेबाट मैदानमा उत्रेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधि हक केहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।
Facebook Comments Box