धनगढीः कैलालीमा ४ लाख बढीका सामान बरामद गरिएको छ। हिजो (आइतबार) कैलाली जिल्लाको विभिन्न स्थानबाट ४ लाख ४१ हजार २ सय ३० मूल्य बराबरको समान प्रहरीले बरामद गरेको हो।
धनगढी उपमहानगरपालिका–२ पुरानो सब्जीमण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार बराबरको प्याज, धनगढी–३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, पास्ता, माछा, नरिवल, जिरा, मिठाई, बिष्कुट, ललिपप, मटर दाना लगायतका सामान बरामद गरिएको छ।
धनगढी–७ राम भगवत चोकबाट अन्दाजी २५ हजार मूल्य बराबरको प्याज र भजनी नगरपालिका–२ पल्टिपुरबाट अन्दाजी ३ लाख २६ हजार मूल्य बराबरको साडी, धोती, थान कपडा, मोटरसाईकल १ थान लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
Facebook Comments Box