धनगढी : धोकेबाज गायिकाको उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैं धोका खाएकी छन्।
उनले प्रमी विष्णु सापकोटासँग धोका खाएकी हुन्। एलिना र विष्णुको ब्रेकअप भएको छ। अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो।
गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन्। त्यसपछि उनीहरू प्रेममा परेका थिए। एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन्।
विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी एलिना मंसिर विवाह हुन सक्ने आफ्ना साथीहरूलाई बताउने गर्थिन्। तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो।
विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतको दाबी छ।
आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना आजित बनेकी थिइन्।
अन्ततः उनले अलग्गिने निर्णय लिइन्। भित्रैबाट टुटेकी एलिना अहिले सांगीतिक कार्यक्रमहरुमा आफूलाई व्यस्त राखिरहेकी छन्।