पोखरा– पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोटबाट ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
.
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ घर भइ पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने वर्ष ५० का रामबहादुर पुन, सोही ठाउँ बस्ने पर्वत जलजला–५ का वर्ष ४८ का चक्र पुर्जा, म्याग्दी अन्नपूर्ण .गाउँपालिका वडा नं. ३ स्थायी घर भइ हाल पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने ३० की स्वस्तिका पुन, कास्की अन्नपूर्ण गा.पा.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १९ लामाचौर बस्ने वर्ष २९ को मनोज पुन छन् ।
त्यस्तै म्याग्दी रघुगंगा–४ घर भइ हाल पोखरा–१९ लामाचौर बस्ने वर्ष २५ को उमेश मगर, सोही ठाउँ बस्ने म्याग्दी अन्नपूर्ण–५ का वर्ष ४० को टेकबहादुर गर्बुजा, म्याग्दी अन्नपूर्ण–५ घर भइ हाल पोखरा–११ बस्ने वर्ष ३२ की दिपा पुन, पोखरा–२५ हेम्जा बस्ने वर्ष ४१ का शिवप्रसाद सापकोटा र वडा नं.१८ सराङकोट बस्ने वर्ष ५१ का कृष्ण थापा पक्राउ परेका छन् ।
उनीहरुको साथबाट एक लाख २४ हजार ७३० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।