कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेसको टिकट वितरणमा मनोमानी भएको भन्दै विवाद सृजना भएको छ । टिकट वितरणमा विभेद, जातिवादी, आफन्तवाद, परिवारवाद भएको भन्दै नेता कार्यकर्ता रुष्ट भएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले आफन्त, नातेदार बहिनी सहितका आफन्तलाई मात्रै छानिछानि टिकट दिएको भन्दै उपमेयरमा नितु भट्ट सहितले बागी उम्मेदवारी दिएका छन् ।
काँग्रेसबाट नितु भट्टले उपमेयर, ४ नम्बर वडाध्यक्षमा कैलाश चन्द, ३ नम्बरमा पुष्पराज जोशी, १० का वडा सदस्य प्रकाश भट्ट सहितका दर्जनौँ काँग्रेस नेता कार्यकर्ताले टिकटमा असमानता भएको भन्दै बागी उम्मेदवारी दिएका छन् ।
उमेयरकी प्रत्यासी समेत रहेकी नितु भट्टले खुलेरै काँग्रेस नेता रमेश लेखकले आफ्नी बहिनी अघि सार्दै सच्चा काँग्रेस नेता कार्यकर्ता रुष्ट भएकाले र अन्यायमा परेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी थिइन् ।
काँग्रेस २ का वडाध्यक्षमा सर्वसम्मत भएकी कञ्चनपुरका समाजसेवी समेत रहेकी महिला अगुवा मिना भण्डारीलाई समेत अन्ततः फिर्ता बोलाइएको छ ।
त्यहाँपनि रमेश लेखकका नातेदारले टिकट पाएको भन्दै काँग्रेस भित्र तिव्र असन्तुष्टि जनाइएको । भीनपा १९ मा काँग्रेस वडाध्यक्ष धिर पाल सहितका दर्जनौँ नेता कार्यकर्ताले राजीनामा दिएका छन् ।
वडा सभापति पाल, उपसभापति कर्ण बहादुर विष्ट, सचिव मदनलाल चौधरी, कोषाध्यक्ष टेक बहादुर शाहु, सहसचिव बिरबहादुर चन्द, क्षेत्री प्रतिनिधी टेकबहादुर विष्ट सहितका दर्जनौँ नेता कार्यकर्ताले पाटीभित्र घात भएको भन्दै राजीनामा दिएका छन् ।