धनगढी : कैलालीका ५३ वर्षीय व्यापारी सन्तोष अग्रवालले घरको छतबाट हाम फाल्नुको अन्तर्य बाहिरिएको छ।
अग्रवालले छोरासँग अशंबण्डा विवादका कारण ज्यान दिएको बताइएको हो।
प्रहरी स्रोतकाअनुसार उनको लामो समयदेखि छोरासँग अशंबण्डा विवाद चर्किदै आएको थियो।
‘उनको छोराको सम्पत्तीको अंशबण्डा सम्बन्धी विवाद रहेछ। पुरानै, पहिलेदेखि नै। त्यहीँ दिनदेखि घरमा पनि विवाद हुँदै आएको थियो। के मोड चलेछ, आज विहान आफ्नै घरको पाँचौ तलाबाट हाम फालेछन,’ प्रहरी स्रोतले भन्यो।
उनले आज (बुधबार) बिहान साढे ११ बजेको समयमा उनले आफ्नै घरको पाँचौ तलाबाट हाम फालेका थिए। अग्रवाल धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक हुन्।
छतबाट हाम फालेका उनलाई वेहोस अवस्थामै नवजीवन अस्पताल पुर्याइएको थियो।
तर, स्वास्थ्य अवस्था गम्भीर रहेको उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ।
र, यो पनि :
घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको मृत्यु
धनगढीका व्यवसायी अग्रवालले ५ तलाबाट हाम फाले