काठमाडौं – अछाममा बुधबार राति चक्कु प्रहार भएको छ । चक्कु प्रहार हुदां चार जना घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेका छन् ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । पहरीका अनुसार सो अवस्थामा एक समुहले अर्कोलाई चक्कु प्रहार गरेको हो । चक्कु प्रहार गर्ने समूहको एक तपेन्द्र बुढा रहेका छन् जो प्रहरीले नियान्त्रणमा लिएको जनाइएको छ । अन्य फरार रहेका छन् ।
चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर छ ।
यस्तै, तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात–खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।