कञ्चनपुर: कञ्चनपुरमा जारी मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ।
आज (सोमबार) महेन्द्रनगरको खुला मञ्चमा भएको प्रतियोगितामा आर्मीले कोशी प्रदेशलाई पराजित गरेको हो।
आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
आर्मीले हिजो बागमती प्रदेशलाई हराएको थियो भने कोशीको यो आज पहिलो खेल हो।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगितामा ३ विभागीय गरि १० टिमको सहभागिता रहको छ।
Facebook Comments Box