चितवन – भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् ।
उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले चितवनका काँग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् ।
उनले आफुले एक्लै निर्णय गर्ने विषय नभएको बताउदै उम्मेदवारी फिर्ता गर्न सम्भव नदेखिने बताए ।
उम्मेदवारी दिने बेलेमै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताएका छन् ।
Facebook Comments Box