धनगढी ! कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-६ जालीस्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटर पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्कुटर र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box