धनगढी : नेपालको गुप्तचर तथा जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ। हिजो अस्तीतिर सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरुको सरुवा गरिएको हो।
यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डीएसपी पनि परेका छन्। सुदूरपश्चिमबाहेक अन्यत्रको पनि जिल्लाका प्रमुखहरु फेरिएको बुझिएको छ। सोही क्रममा कैलाली जिल्लाका प्रमुख पनि सरुवा भई जाने लिष्टमा परेका छन्।
राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालयका डीआइजी भीमबहादुर बुढाथोकीले हाकिमहरुको सरुवा भैसकेको तर पत्र आउन बाँकी रहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
भोलिसम्ममा लिष्ट आइसक्ने उनको भनाई छ। हाकिमबाहेकका तल्लो दर्जामा पनि व्यापक हेरफेर गरि यताका उता र उताका यता पारिएको विभागमा चर्चा छ।
Facebook Comments Box