धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जति काम गरेपनि वावाही नपाउने गरेको दुखेसो गरेका छन्।
आज (बिहीबार) धनगढीमा न्यूज २४ टीभीले आयोजना गरेको ‘सीधाकुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुने भएपनि बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा समेत आफूले वावाही नपाएको उनी बताउँछन्।
उनी भन्छन्, ‘कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुन्छ। सबैले राम्रो काम गयो भन्छन्। तर, मुख्यमन्त्री बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा वावाही पाउँदैन।’
बझाङमा भूकम्प परी ज्यान गुमाएका मृतकका परिवारलाई संघीय सरकारभन्दा अगाडि दुई लाख दिने निर्णय प्रदेश सरकारले गरेको समेत उनले दाबी गरे।
‘औषधिउपचारको सबै जिम्मेवारी लिन्छु भन्दा वावाही पाइँदैन। जाजरकोटको भूकम्पमा पनि हाम्रो सरकारले संघभन्दा अगाडि सहयोग गर्ने निर्णय गरेको थियो तर पनि वावाही पाइएन। इजरायलको घटनामा पनि निर्णय गर्दा तथा पहल गर्दा वावाही पाइँदैन,’ उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको श्रद्धाञ्जलीमा जाने कुरालाई मिडियामा खर्च विवरणमा जोडेको आपत्ती जनाए।
उनले धनगढीबाट काठमाडौं जाँदा प्लेन चढ्ने कि नचढ्ने ? भन्दै प्रश्न गरे।
‘नचढ्ने भन्नुहुन्छ भने भोलि विधेक ल्याउँ म तयार छु। हामीले मन्त्री र मुख्यमन्त्रीले जिल्लाभन्दा बाहिर जाँदा। मैले बनाएको होइन्,’ उनले भने, ‘तपाईंलाई कमल शाहले बनायो लाग्ला। यो बनेको ऐन अनुसूचीमा व्यवस्था भए अनुसार प्रतिदिन २५ सय भत्ता पाइन्छ।’
अनले दैनिक भ्रमण भत्ता आफूले नलिँदा सुरक्षा गाडले समेत नपाउने भएपछि भत्ता लिएको बताए।
र, यो पनि :
सुदूरपश्चिमका सीएम शाह राजधानी गएको गयै, टिकटमै साढे ५ लाख स्वाहा