काठमाडौं : सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाैधरीलाई समेत पक्राउ गर्न खोजिरहेको छ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोदले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ।
स्रोतका अनुसार अरुणको मात्रै नभएर विनोदकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ। उनीहरूले पञ्चायत कालदेखि नै जग्गा हडपेका हुन्।
चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ। विनोदले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box