कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐर रहेका छन्।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी बुधवार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
उनीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
Facebook Comments Box