काठमाडौं : नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध तीन विकेट हात पारेको छ।
तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराएका हुन्।
उनले ३० बलमा २ चौका प्रहार गरे। त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो।
प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो। दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए।
उक्तक्रममा उनी रन आउट भए। चौथो रन लिनेक्रममा आर्शिनसँग तालमेल गर्न नसकेपछि रन आउट हुन पुगेका थिए।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ। सचिन दास १ र कप्तान उदय शहरान २ रनमा क्रिजमा छन्।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए। गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए।
बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए। उनले १८ बलमा ४ चौका प्रहार गरे।