पोखरा – उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ ।
जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।
Facebook Comments Box