धनगढी : काठमाडौँ किर्तिपुर नगरपालिका वडा नम्बर १ कलंकी नापी कार्यालयमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
कलंकी नापी कार्यालयमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ।
Facebook Comments Box