काठमाडौंः प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको निकाल्ने तयारीमा लागेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेको हो।
गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको थियो।
एक साता अघिमात्रै अर्का एसपी रमेश बस्नेत समेत एसएसपीमा बढुवा भएसँगै रिक्त सख्या आठ पुगेको हो।
जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्।
दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्।
त्यसपछि क्रमशः यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे छन्।
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनका आधारमा बढुवा हुने बताएको छ।