काठमाडौं– स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आ–आफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।
गठबन्धनका उम्मेदवारविरुद्ध बागी भएका सबै उम्मेदवारलाई फिर्ता गर्न लगाउने र फिर्ता नगर्ने उम्मेदवारको सूची बनाएर शीर्ष नेतृत्वसमक्ष कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले बताए ।
Facebook Comments Box