धनगढी : कञ्चनपुरमा प्रहरीले पत्रकारलाई पक्राउ गरेपछि पत्रकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज (शनिबार) संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाल प्रेस युनियन कञ्चनपुर,प्रेस चौतारी नेपाल कञ्चनपुर र प्रेस सेन्टर नेपाल कञ्चनपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
प्रहरीले पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो।
उनीहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए।
तीनवटै संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘कञ्चनपुर प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकाशन तथा सम्प्रेषण भइरहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले पत्रकारलाई पक्राउ गरिएको संगठनहरुको ठहर छ। त्यसकारण पत्रकारद्वयको तुरुन्त रिहाईका लागि सम्बन्धित पक्षसँग माग गर्दछौ। साथै माग सम्वोधन नगरिएमा पत्रकारहरु चरणवद्ध आन्दोलनमा जाने जानकारी समेत गराउदछौं।’