ललितपुर: ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका–३ मा आमा, ६ वर्षीय छोरा र २ वर्षकी छोरीको रहस्यमय निधन भएको बताइएको छ। प्रहरीका अनुसार इमाडोल ओचुहाइटकी रविना महर्जन तीन तला माथिबाट हामफालेकी हुन्।
हिजो दिउँसो हाम्फालेकी उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। आमा हाम्फालेपछि कोठामा नाबालक छोराछोरी अचेत अवस्थामा भेटिएका थिए।
उनीहरूलाई पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।
Facebook Comments Box