बैतडी : बैतडीमा एक बंगुर खोरमा आगलागी हुँदा ११ बंगुर मरेका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सान्नमा नरसिंह सुतार र महादेव धनाडीले सञ्चालन गरेकोे बङ्गुरको खोरमा आगलागी भएको हो।
सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा रातिको समयमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। खोरमा आगो लागेपछि ११ वटा बङ्गुर जलेर मरेका प्रहरी निरीक्षक केसीले बताए।
बंगुर खोरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box