काठमाडौं – कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् ।
उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् ।
तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।
Facebook Comments Box