धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका २ वाणी शिविरस्थित मामाको घरमा बस्दै आएका २८ वर्षीय भरत बिष्टको मृत्यु भएको हो ।
बैतडीको डिलासैनी गाउँपालिका २ घरभएका बिष्ट कृष्णपुरका घर निमार्णको काम गर्थे । घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
करेन्ट लागि गम्भीर घाइते भएका बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box