काठमाडौं : तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको छ। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका छन्।
खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले २.१ ओभरमा पहिलो विकेट गुमाउँदा ७ रन जोडेको थियो।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
Facebook Comments Box