धनगढीः जिल्ला कारागार कैलालीमा बन्दी क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। कैलाली कारागारको क्षमता एक सय ५० जनाको हो। तर, ७ सय २० जना कैदीबन्दीलाई कारागारमा राखिएको छ।
कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी रहेको कारागार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीले बताइन्।
जोशीका अनुसार कैदीबन्दी थपिँदै गएपछि कारागार प्रशासनलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ। खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दी बताउँछन्। कैदीबन्दी बढी भएपछि सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ।
Facebook Comments Box