काठमाडौं – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो ।
गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ ।
वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरूबिच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।
सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
Facebook Comments Box