धनगढीः धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) का प्राध्यापक डिल्लीराज भण्डारीविरुद्ध अनुसन्धान सुरु भएको छ।
हिजो पीडित छात्राले जाहेरी दिएको र मुद्दा दर्ता भएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीला डीएसपी कुलदिप चन्दले जानकारी दिए।
क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको पीडित छात्राले आरोप लगाएकी छन्।
ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो।
र, यो पनि :
धनगढीको एसपीएका प्राध्यापक भण्डारी पक्राउ, ‘टुर’मा दुर्व्यवहार गरेको आरोप
Facebook Comments Box