धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० के.जि. बोईलर कुखुरा आज (शुक्रवार) दिउँसो प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ।
Facebook Comments Box