धनगढी : सरकारी जागिर भन्ने बित्तिकै मान्छेहरूको तँछाडमछाड हुन्छ । सीमित सङ्ख्यामा हजारौँ प्रतिस्पर्धाबिच खरो निस्कनु पर्ने हुन्छ । तर बाजुराको एक सरकारी सेवामा भने अचम्म भएको छ ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको नतिजा अनुसार बाजुरामा सरकारी जागिर खाइदिने मान्छे भेटिएका छैनन् ।
परीक्षा दिने १० मध्ये ९ जना उत्तीर्ण भएका छन् । २७ जनाको माग भए पनि १० जनाले मात्रै आवेदन दिएका थिए । जसमध्ये ९ जना लिखितमा उत्तीर्ण भैइ अन्तरवार्ता लागि छनोट भएका छन् । उनीहरूको जागिर लगभग पक्का भएको छ ।
यस्तै अन्य जिल्लामा पनि प्राथमिक तहमा फितलो प्रतिस्पर्धा देखिएको छ । इलाममा माग सङ्ख्या १ सय ८८ भएपनी २ सय ९ उत्तीर्ण भएका छन् । रामेछापमा माग सङ्ख्या १ सय ५७ मा १ सय ८० जना उत्तीर्ण भएका छन् । लमजुङमा माग २ सय ५५, उत्तीर्ण ३१०, बर्दियामा माग ३५, उत्तीर्ण ३८, रुकुम पश्चिममा माग २८, उत्तीर्ण २८ यता बाजुरामा भने २७ माग सङ्ख्यामा ९ मात्रै उत्तीर्ण भएका छन् ।